सोमबार सेयर बजार बढेको छ। आज नेप्से परिसूचक २०.६९ अंकले बढेर २९४७.४३ विन्दुमा पुगेको छ।
दिनभरमा २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार ७१३ सेयर किनबेच हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको छ।
कारोबार भएका कुल कम्पनीमध्ये ९७ कम्पनीहरूको मूल्य बढेको छ भने ८१ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, बाँकी ११ कम्पनीको मूल्य स्थिर छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहको सूचक सकारात्मक देखिएको छ। बाँकी ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। त्यसमध्ये, सबैभन्दा धेरै म्यानुफ्याकचर एन्ड प्रोडक्सनको १.४३ अंकले बढेको छ र हाइड्रोपावरको १.३७ अंकले बढेको छ।
सोमबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड मूल्य १० प्रतिशत बढेको छ। यता सनराइज ब्लुचिफ फन्डको सेयर ८.३३ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज अरुन भ्याली हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँ २० पैसाको कारोबार भएको हो।
यसपछि, अपि पावर कम्पनी लिमिटेडको ४१ करोड १ लाख १५ हजार ८०८ रुपैयाँ ९० पैसा, अपर तामाकोशी हाइड्रोपावरको २४ करोड ९ लाख ७९ हजार ६८२ रुपैयाँ, एनटिसीको २३ करोड ९८ लाख ४८ हजार ५७५ रुपैयाँ २० पैसा र शिवम् सिमेन्ट लिमिटेडको २१ करोड १२ लाख ३५ हजार ९१६ रुपैयाँको कारोबार भएको छ।