नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेर ९२ हजार १०० रूपैयाँ कायम भएको छ। छापावाल सुन शुक्रबार प्रतितोला ९१ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँ छ जसको मूल्य शुक्रबार प्रतितोला ९१ हजार २०० रूपैयाँ तोकिएको थियो ।
महासङ्घका अनुसार आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रूपैयाँले बढेर १ हजार २६० पुगेको छ।
चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८, ०१:५१:००