ग्लोबल आइएमई बैकको काठमाडौंको कान्तिपथ शाखा १२ घण्टा खुला हुने भएको छ।
बैंकले आफ्ना ग्राहकलाई सहज सुविधा दिन भन्दै साउन २६ गते आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको जानकारी दिएको छ।
आजदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ।
यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति: आईतबार, साउन २६, २०७६, १६:०६:००