नेपाल राष्ट्र बैंकले साविकका यातायात व्यवसायी समितिका बैंक खाता फुकुवा गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
यसअघिको मन्त्रिपरिषद बैठकले यातायात व्यवसायी समितिका बैंक खाता फुकुवा गर्ने निर्णय गरेअनुरुप समितिका खाताहरु फुकुवा भएको हो।
साविक यातायात व्यवसायी समितिका नाममा बैंकमा रहेको रकम प्रचलित नियमअनुसार रुपान्तरिक कम्पनीको खातामा सार्ने व्यवस्था गराउन राष्ट्र बैंकले भनेको छ।
गत बैशाखमा सरकारले सिन्डिकेट तोड्ने घोषणा गरेपछि सरकारले सम्पूर्ण यातायात समितिका बैंक खाता रोक्का गरेको थियो। सो पश्चात देशभरका यातायात व्यवसायी संघ र समितिका २३५ बैंक खाताहरु रोक्का गरिएको थियो।
१ नम्वर प्रदेशका ३२ वटा, २ नम्वरका १० वटा, प्रदेश ३ का ११८, ४ नम्वरका २४, ५ का ४०, ६ का १२ र ७ का ९ वटा संघ तथा समितिका खाता रोक्का भएका थिए।