अल्फाबेट वा गुगलका सिइओ सुन्दर पिचाइले आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)ले धेरै समस्या समाधान गरेपनि यसबाट सर्तक हुनुपर्ने बताएका छन्।
उनले एक संचार माध्यामबाट गुगलजस्तै एआईमा काम गर्ने कम्पनीले यसलाई प्रोत्साहन गर्न नहुने बताएका हुन्।
यसको नाफा नोक्सानमा सन्तुलन हुनुपर्ने पिचाइले बतएका छन्। माइक्रोसफ्टका अध्यक्ष ब्रान्ड स्मिथ र टेस्लाका सिइओ एलन मास्कले यसअघि नै उक्त विषयमा चिन्ता व्यक्त गरिसकेका थिए।
पिचाईकाअनुसार एआइको बारेमा छुट्टै धारण बनाउनु जरुरी छ। यसको लागि गुगलले विशेषज्ञहरुमा तथा अन्य उपकरणमा लगानी गर्नेछ।
‘एआइबाट कहिले गल्ती हुनसक्छ थाहाँ छैन त्यसैले यसबाट सधै सतर्क रहनुपर्छ,’ उनले भने।
उनले प्रविधिको प्रयोग गर्दा संभावित फाइदा र घाटाको बीचमा सन्तुलन बनाउनु आवश्यक रहेको दाबी गरे।