ग्लोबल आइएमई बैंक लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका –१६, मगंलबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा सञ्चालमा ल्याएको छ।
यससँगै २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट सेवा दिइरहेको छ।