साताको पहिलो दिन सेयर बजार भारी अंकले घटेको छ।
आज सेयर बजार नेप्से परिसूचक ७२ दशमलव ३० अंकले घटेर २,५१३ दशमलव ८९ को विन्दुमा झरेको छ। आज सबै उपसूचक घटेका छन्।
दिनभरिमा २२६ वटा कम्पनीको ८९ करोड २० लाख ८९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ। कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन्। कम्पनीका लगानीकर्ताले ८ दशमलव ३२ प्रतिशतका दरले गुमाएका छन्।