आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन्।
यस सम्झौतापछि नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा लगायत सम्पत्ती तथा सवारीसाधनसहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ।
उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कर्यकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बीमा कम्पनीसँग आफ्नो कार्यालयसम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुसी लागेको बताए।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा गर्व लागेको बताए।
सोही अवसरमा श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सातवटै प्रदेशबाट सर्वसुलभ तरिकाले ग्राहकलाई बीमा सेवा प्रदान गरिरहेको छ। कम्पनीले नयाँ–नयाँ बीमा सेवा सुरु गरी सरल बीमा र सहज दाबी भुक्तानीमा बिशेष ध्यान दिएको जानकारी गराइएको छ।