युनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिने भएका छन्। बिहीबार यी तीन कम्पनीबीच गाभिने सहमती भएको हो।
तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरिसकेका छन्।
कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षणका लागि यो सम्झौता गरिएको कम्पनीको भनाई छ।
साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिमा आधारित सेवा दिइने उल्लेख गरिएको छ।
मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बद्र्धन गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने उदेश्य तीनै कम्पनीले लिएका छन्।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९, ०१:५७:००