सिटिजन्स बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक सेवा पु¥याउने उद्देश्य बैंकले राखेको छ।
यसै क्रममा बैंकले उदयपुरको त्रियुगा नगरपालिका-७ तोरीबारीमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो।
यहाँबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ।
सिटिजन्स बैंकले देशभर १७५ वटा शाखा, १२७ वटा एटिएम र ९५वटा शाखा रहित बैंकिङ सेवाबाट करिव १४ लाखलाई सेवा दिँदै आएको छ।