युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
साथै, कम्पनीले लाभांश पारित गर्न मंसिर २८ गते वार्षिक साधारण सभा समेत बोलाएको छ।
सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरू हुनेछ।
उक्त लाभांश कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
सभा प्रयोजनको लागि कम्पनीले मंसिर १६ गते बुक क्लोज गर्नेछ।
बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।