चिलिमे जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई दिने घोषणा गरेको छ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश (कर सहित) गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश कम्पनीको आगामी २६औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिने भएको हो।
कम्पनीले उक्त लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभा समेत बोलाएको छ।
सभा प्रयोजनको लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्नेछ। पुस २ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।
गत वर्ष पनि कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९, ००:१५:५५