Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, चैत ६, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

भक्का दिवस!

Royal Enfield
Royal Enfield
जीतबहादुर कटुवाल

जीतबहादुर कटुवाल

माघ ४
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

पुसको महिना। बिहान छ बजेको हुँदो हो, म काम विशेषले दाम्राभिट्टा चोक गएको थिएँ। दाम्राभिट्टाको हाट लाग्ने ठाउँको उत्तरपूर्वी भागमा दुई जना महिला वरतिर परतिर चुलो बालेर बसेका थिए।

उनीहरूको वरिपरि केही मानिसहरू झुम्मिएका थिए। कोहीको हातमा चियाको गिलास थियो, कोहीको एउटा हातको भक्का अर्को हातमा चुँडेर खाँदै थिए। दुवै महिला धमाधम आफ्नो कर्ममा व्यस्त थिए। एक्कासि मेरो दाहिने हातले स्कुटरको ब्रेकलाई समात्यो। बाइक छेवैमा रोकेँ। मलाई नि भक्का खान मन लागेको थाहा पाएँ।

म छेवैकी भक्का व्यापारी महिलातिर अघि बढेँ। त्यहाँ अलिक कम मान्छे थिए। त्यहाँ दुई जना मान्छे मात्र ग्राहकका रूपमा थिए जसमा एक जना भक्का खाँदै थिए। अर्को भक्काको प्रतीक्षामा थिए।

म पनि उनैको अगाडि राखिएको बाँसको मुढामा बसेँ र घर लैजान दुई वटा भक्का मागेँ। उनले मलाई पुलुक्क हेरिन्। एउटा ग्राहक थपिएको प्रफुल्लता उनको मुखमुद्रामा पोखियो। मैले एकछिन पर्खिनुपर्ने भयो। त्यसैले समयको सदुपयोग गर्ने विचार गरेँ।

मैले उनलाई सोधेँ, ‘तपाईंको घर कहाँ हो नि?’

‘सुनवर्सी’ उनले पाकिसकेको भक्कालाई निकालेर कति बेला पाक्ला भनेर आँखा तानेर छेवैमा बसिरहेका ग्राहकलाई दिँदै बोलिन्।

‘ए, यति टाढाबाट पो। म त भुल्काडोभा होला भन्ने सोचेको,’ मैले भनेँ।

उनले पिठोलाई बटुकामा हालेर फेरि अर्को भक्का पकाउन बसाइन्। मैले सोचेँ यो अब मेरो लागि पाक्दै छ। भाइले चार वटा भक्का अर्डर गरेका रहेछन्। उनको लागि नपुर्‍याउन्जेल मैले पर्खिनु पर्ने भयो।

‘थुक्क, अर्कोतिर बसेको भए बरु चाँडै पालो आउने रहेछ। उता त अब एक जना मात्र बाँकी छन्,’ मैले मनमनै भनेँ।

Ncell
Ncell

तैपनि अब यता उता सर्न नि सुहाएन। एकछिन पर्खनै पर्‍यो।

‘अनि बिहान कति बजे घरबाट हिँड्नुहुन्छ नि? त्यति टाढाबाट बिहानै आइपुग्नु हुँदो रहेछ,’ मैले कुराकानीलाई अघि बढाएँ।

उनले बिहान चार बजे घरबाट हिँड्ने गरेको सुनाइन्।

‘पुसको समय बिहान चार बजे भनेको त राति नै हुन्छ। त्यसमा पनि चिसो, हुस्सु कति गाह्रो काम हो। सुनवर्सीबाट दाम्राभिट्टा आइपुग्न आधा घण्टाभन्दा बढी समय लाग्छ होला,’ मैले अनुमान गरेँ।

‘चार बजे घरबाट हिँड्न त कति बजे उठ्नुहुन्छ नि?’ मैले फेरि अर्को प्रश्न सोधेर झर्को लगाएँ।

‘ए भाइ, चार बजे हिँड्न आफैँ विचार गर्नु न साढे तीनमा त उठ्नै पर्‍यो नि। यहाँ आइपुगेर आगो फुकेर पानी उमाल्दै पिठो माड्दा पाँच हुन्छ। पाँच बजे त ग्राहकहरू आइपुग्छन्,’ अघि अल्छी गरेर बोल्दै गरेकी उनले अलिक कडा आवाजमा सुनाइन्। उनी अहिले भने अलिक फुर्ती देखिइन्।

पाकेको भक्का थालमा राख्दै उनले भनिन्, ‘बाटो सजिलो भए त त्यही नि हुन्थ्यो। बक्राहा खोलाले तर्साउँछ। पानीबाट हिँड्यो भने चिसोले खुट्टा झर्ला जस्तो हुन्छ। पुलमाथिबाट जाऊँ भने अग्लो न अग्लो झोलुङ्गे पुल छ। साइकल कुदाउनै गाह्रो। कुन इन्जिनियरले बनाएको होला यस्तो?’ उनले असन्तोष व्यक्त गरिन्।

मभन्दा अघिदेखि बसिरहेको भाइलाई दिएपछि अब भने मेरो पालो आयो। उनले एउटा भक्का पकाएर पुरानो किताबको पाना च्यातेर त्यसमा राखी प्लास्टिकको झोलामा छोपिन्। उनले अर्का भक्का पकाउन बटुको पानीको बाफमा राखिन्।

‘भक्का बेच्न थाल्नुभएको कति भयो?’ मैले सोधेँ।

‘मैले भक्का बेचेको त धेरै भयो। कति वर्ष भन्नु नि। बिस वर्ष भयो होला। यहाँ बेच्न थालेको पनि चार वर्ष भयो,’ उनले मैले सोधेभन्दा नि धेरै उत्तर दिइन्।

‘अरू पैसा आउने बाटो छैन। जमिन पनि धेरै छैन। यति दुख नगरेर पनि त भएन,’ उनले अझै थपिन्।

यतिन्जेलमा अर्को भक्का नि पाकिसक्यो। उनले अघिकै प्लास्टिकको झोलामा खप्टिएर राखिन्। कागजको सानो टुक्रा च्यातेर नुन खोर्सानी पिँधेको धुलो हालिन् र पोको पारेर भक्कासँगै राखिदिइन्।

मैले उनको कुरामा रमाइलो महसुस गरेँ। दुई वटा भक्काको अर्ग्यानिक खाजा बोकेर म घरतिर लागेँ।

पुस २९ गते भक्का दिवस।

अघिल्लो दिन बेलुका टिकटक हेर्दै पत्नीले भनिन्, ‘भोलि त भक्का दिवस रहेछ। बिहानै चियासँग भक्का खाऔँ।’

म भक्का लिन बिहान छ बजे दाम्राभिट्टा पुगेँ। लहरै दुई जना महिला भक्का पकाउन तल्लीन थिए। म अघिल्लो पटकको भन्दा अर्की महिलाको भक्काको चुलो छेउमा बसेँ। मभन्दा अघि नै एक जना भाइ भक्का पर्खेर बसेका थिए। उनलाई बिदा गरेपछि मैले पाँच वटा भक्का मागेँ। भक्का पाकुन्जेल मैले फेरि गफ गर्ने विचार गरेँ।

‘तपाईंको घर कहाँ हो? मैले उनलाई प्रारम्भिक प्रश्न गरेँ।

‘इटहरा हो।’

‘अनि किन इटहरा छोडेर यहाँ किन आउनु भो त? नजिकै राम्रो होइन र?’

‘त्यहाँ अरू छन्। फेरि यहाँ अलिक बढ्ता बिक्री हुन्छ भनेर यहाँ आएको नि,’ उनले सुनाइन्।

 मैले सोधेँ, ‘एक दिनमा कति कमाइ हुन्छ त?’

 ‘आ, कति कमाइ हुनु नि। चामल महँगो छ। दाउरा किन्नुपर्छ। टमाटर किन्नुपर्छ। बिहान पाँच बजेदेखि नौ बजेसम्म बस्छु। सबै खर्च कटाएर पाँच सय जति हुन्छ,’ दिदीले भनिन्।

बिहान चिसोमा खटेर काम गर्नुपर्छ। टाढाबाट आउनुपर्छ। यो त थोरै भएन र?’ मैले सहानुभूति देखाएँ।

‘हो नि हुन त। पहिले दश केजी चामल सकिन्थ्यो अचेल त पाँच केजी मात्र बल्लतल्ल सकिन्छ। उहिले मेरो सासूहरूको पालामा ओखलमै कुटेर सकिन्थ्यो त्यत्रो चामल। अचेल त को दुःख गरोस्! खर्च भए पनि मिलमै चामल कुटाउँछु,’ उनले सुनाइन्।

‘कतै त सानो बटुकाबाट पकाउँछन् रे। यहाँ हाम्रो त ठुलो बटुका छ। अनि धेरै हुँदैन। काठमाडौँमा त बिस रुपैयाँ लिन्छ रे एउटा भक्काको। अनि पो फाइदा हुन्छ,’ उनले एउटा सखुवाको दाउरो चुलोमा हाल्दै सुनाइन्।

चामलको पिठोलाई पानीको बाफमा पकाएको परिकार स्वादिष्ट हो भक्का। जाडोमा चियासँग खाँदा झनै मजा हुने भएकोले मान्छेहरू बिहानको खाजामा यसलाई रोज्ने गरेको उनले सुनाइन्।

तपाईंहरू पनि सल्लाह गरेर पन्ध्र पार्नु नि भनेर मैले सहानुभूतिपूर्वक सुझाव दिएँ।

‘मान्छेहरू यही त धेर भयो भन्छन्। सबै मान्छे कहाँ यस्तो कुरा बुझ्छ र? कोही त खाएपछि पैसा दिनु नपरे नि हुन्थ्यो पो भन्छन्,’ उनले अनुभव सुनाइन्।

‘कोही मान्छे त असल पनि हुन्छन्। दुख बुझ्छन्, दया नि गर्छन्। केही नभनी पैसा दिन्छन्,’ उनले थपिन्।

संसारमा राम्रो नराम्रो जेको नि भइहाल्छ नि। जीवनमा अनुभवको मोटो पुस्तक पढेकी भक्का वाली दिदीलाई थाहा नभएको कुरा त होइन तैपनि सबै मान्छेको स्वभाव एउटै हुँदैन भन्ने कुरा उनलाई बताएँ।

‘हो नि भाइ, मैले यही भक्का पकाएर दुखले छोराछोरी पढाएँ। घरको गर्जो टारेँ। दिनभरि अर्काकोमा मजदुरी गर्न जानुभन्दा बिहान चार पाँच घण्टा खट्यो, भइहाल्यो। आफ्नो दुख त आफैँसँग छँदै छ। जसरी नि गरिखानु त हो। घरमा बसेर के गर्नु?’ उनले आफ्नो विचारको बिस्कुन फिँजाइन।

‘हो, काममा सानो ठुलो हुँदैन। मिहिनेत ठुलो कुरा हो। आफ्नै इमानले गरी खानुभएको छ। तपाईंले भक्का मात्र बेचिरहनु भएको छैन। मान्छेलाई कर्मशील बन्न प्रेरणा पनि त दिइरहनु भएको छ’ मैले भनेँ।

‘खोइ, भाइ त्यस्तो कुरा त के होला र? तैपनि मलाई गुनासो छैन मेरो कर्ममा सन्तुष्ट छु,’ उनले भनिन्।

उनको बोलीसँगै हात पनि चलिरहेका थिए। कहिले आगो फु गर्थिन्। पाकेको भक्का प्लास्टिकको झोलामा राख्थिन् अनि स्टिलको बटुकामा माडेको पिठो हालेर पातलो कपडाले बेरेर चुलामाथि बसालेको माटाको हाँडीको मुखमा बाफ नजाने गरी राख्थिन्।

यो काम यति छिटोसँग गर्थिन् कि उनको कुशल शिल्पी उनको क्रियाकलापबाट झल्किरहेको थियो। नेपालको आर्थिक क्षेत्रमा ग्रामीण महिलाहरूको कति ठुलो योगदान छ। महिलाहरूको अनौपचारिक कामको लेखाजोखा अर्थशास्त्रले गर्न नसकेको जस्तो लाग्यो।

‘आज भक्का दिवस हो भन्छन् नि तपाईंलाई थाहा छ?’ मैले सोधेँ।

‘खोइ भाइ, के-के दिवस हो? मलाई त केही थाहा छैन। बिहानै आउँछु। भक्का बेच्छु, जान्छु। यति मात्र थाहा छ,’ उनले सोझो उत्तर दिइन्।

पल्लो भक्का वाली दिदीको भक्का खाँदै गरेका प्लस टु पढ्न हिँडेका विद्यार्थीले मलाई पुलुक्क हेरे र सर नमस्कार भने। अनि उनले मतिर हेर्दै सोधिन्, ‘तपाईं सर हो?’

मैले स्वीकृति सूचक टाउको हल्लाएँ। त्यसपछि उनले मलाई भाइ भन्न छोडेर सर भन्न थालिन्।

‘अघि भाइ नै भन्नुभयो अब नि भाइ नै भन्नू। सरभन्दा भाइ नै राम्रो सुनिन्छ,’ मैले हाँस्दै भनेँ।

मेरो कुरा उनलाई मजा लागेछ कि क्या हो उनी बेस्सरी हाँसिन्।

यतिन्जेल पाँच वटा भक्का पाकिसकेछन्। उनले मैले दिएको पैसा बाँसको डालीमा कपडाले छोपेर राखिन्।

म प्लास्टिकको झोलामा हालेको भक्का र टमाटरको अचार स्कुटरको डिकीमा राखेर स्कुटर स्टार्ट गरेँ। उनले मलाई परसम्म हेरिरहेको जस्तो लाग्यो।  

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १४:२७
सिफारिस
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
हातको घाउ ड्रेसिङ गर्न गएका थिए, फर्किएर आएनन्
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पढ्न गएका विनोद जोडिए परिकारसँग, बेलायतमा खोल्दै छन् मःम उद्योग
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
सिस्ने हिमालले १२ वर्षदेखि कुरेको अन्तिम फैसला!
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
श्रीमानलाई शवगृहमा रगताम्मे देखेपछि
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

छोरी!
प्रिय गाउँ, तिमीलाई पुरानै स्वरूपमा हेर्न मन छ!
बसमा भेटिएको अपरिचित मानिस!
सम्बन्ध!
उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP