Ncell
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन १, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

डिनर डेट!

Nmb
Nmb
सुदिप चापागाईं

सुदिप चापागाईं

माघ १४
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘नेपालको अन्तरिक्ष विभागले अबको केही वर्षमै नेपालबाट रकेट अन्तरिक्षमा पठाउने तयारी गरेको जानकारी गराएको छ। नेपाल अब रोबोटिक्ससँगै रकेटमा पनि संसारसँग प्रतिस्पर्धा गर्नेछ।’

यो समाचार सुन्दा पवनलाई कुन्नि किन झोक चल्यो, तत्काल टिभी बन्द गरिदियो। साँझको समय थियो। अघिबाटै अगाडि टेबलमा भरेर राखेको मदिरा र कोक मिसिएको ग्लास पवनले एकै घुट्कीमै निल्यो। स्वाभाविक जँड्याहाको पारामा खुम्चिएको मुखबाट आह को आवाज निस्कियो। उसले आज अफिसबाट आएदेखि नै पिइरहेको थियो।

रित्तिएको ग्लासलाई भुइँमा राखेर ऊ मोबाइलको म्यासेन्जरमा गयो। आज त उसलाई काममा भेट्न पनि पाएन। हिम्मत जुटाएर एउटा म्यासेज लेख्यो। निकै बेर कुर्‍यो तर म्यासेज सिन भएन।

मोबाइलको न्युज फिड स्क्रोल गर्न थाल्यो।

‘नेपाल अब अन्तरिक्षमा!’

‘संसारले फेरि नियाल्नेछ नेपाललाई आकाशबाट।’

‘नेपालमा रोबोटको माग बढ्दै।’

Laxmi bank
Laxmi bank

‘नेपालमा पनि रोबोटले बिस्तारै खाँदै छ मान्छेको जागिर।’

यस्तै-यस्तै समाचार सामाजिक सञ्जालभरि छरपस्ट थिए। फेरि एक पटक म्यासेन्जर चेक गर्‍यो, म्यासेज अनसिन नै थियो। ऊ भने पाँच मिनेट पहिलेसम्म एक्टिभ रहिछे। यसपछि उसलाई मोबाइल पनि चलाउन मन लागेन र स्विच अफ गरेर टेबलमा राखिदियो।

Ncell
Ncell

तेस्रो प्याक सकेपछि ऊ टिभीको छेउछाउ चुरोटको डब्बा खोज्न उठ्यो।

सबैभन्दा उत्कृष्ट भएर पनि, सँगै बस्ने उत्कण्ठा रहेर पनि पवन आजबाट ऊसँग हुने छैन, ऊ पनि सायद आजैबाट उसकी हुने छैन।

दिउँसो पवनको हातमा एउटा पत्र थमाइदिएर भोलिबाट जागिरमा नआउनु भनेर भनिएको थियो। अवाक् भएर ऊ घर फर्कियो र पत्र ड्रअरभित्र थन्काइदियो। पत्रमा के लेखेको थियो उसलाई जान्न मन थिएन तर आशयको त जानकार नै थियो ऊ।

पत्र त्यही छोडिदिएर हातमा चुरोट लिई ऊ अघिकै सोफामा आएर बस्यो। टेबलमा मदिराको बोतल अब आधाआधी थियो पवनको जीवन जस्तै। मुखबाट खुइयको आवाज निस्कियो। हात मुखमा जोडेर एक लामो सास तान्यो। भविष्यका सफेद कफन जस्तै लस्करै धुवाँ बाहिर निस्किए।

मेलमा आएको बेमेलको जवाफ ऊसँग त थिएन किनकि ऊ आजको दिनको लागि तयार नै थिएन। तयार नभएको युद्धको तयारी पराजयको पहिलो सूचक त हो।

के पवन हार्‍यो?

उसो भए के पवनलाई हराउने संसार आज जितको खुसी मनाइरहेछ?

अनि के त्यो जितमा ऊ पनि मिसिन गएकी हो?

उसलाई जान्न मन छ हार्नेहरू उद्गम बिन्दुबाटै यात्रा सुरु नगरेका हुन्छन् कि उचाइमा नपुगिसकेका? कहाँ नेरको रेखालाई मापन गरेर जित हार निर्धारण गर्न सकिन्छ? किनकि जीवन त अनवरत चलिरहने यात्रा त हो।

कोठामा चिसो बढेजस्तो भयो। ‘एलेक्जा, टर्न अन द हिटर,’ लडबडिएको स्वरमा पवन बोल्यो।

‘हिटर इज टर्निङ अन,’ एलेक्जाले जवाफ फर्कायो।

अहो! ऊ फेरि झस्कियो। टेबलको छेउमै खस्ला-खस्ला गरेर बसेको रिमोटलाई हेर्‍यो। भर्खर रिमोटले पनि आफ्नो जागिर गुमाएको थियो। पवन मुसुक्क हाँस्यो। उसलाई त्यो निर्जीव वस्तुको माया लागेर आयो। रिमोट हातमा समाउन उठ्न खोज्यो। टेबल हल्लियो। रक्सीको बोतल छचल्कियो। फुत्त रिमोट भुइँमा खस्यो। अन्ततः भुइँमा खसेको रिमोट यसै छोडिदियो आफ्नै खसेको जिन्दगीजस्तै।

सहरमा आजकल जागिरको समस्या छ। त्यहीमाथि विदेशीहरू कामको लागि समेत नेपाल आउन थालेका थिए। उनीहरूको देशमा रोबोटले मान्छेले गर्ने काम सुरु गरेपछि मान्छेहरू नेपाललाई काम गर्ने थलो बनाएका थिए। उताका दक्ष मान्छेले यताका मान्छेलाई विस्थापित गरेपछि नेपालका मान्छेलाई ती विदेशी मान्छेहरू पनि उताका जस्तै रोबोट लाग्दछन्।

नेपालको प्रगति यति छिटै होला भन्ने कसले सोचेको थियो र? तैपनि, पश्चिमाहरूको भन्दा त निकै ढिलो भइसकेको छ। उनीहरूलाई मंगल पानी पँधेरो भइसक्यो। बाटोको त थियो आखिर समस्या। अहिले त नेपालले आफ्नै अन्तरिक्षमा उडान भरेपछि विश्व बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको थियो।

तर यसले पवनको जीवनमा केही फरक पार्छ? उसलाई न रकेट चलाउन आउँछ न यात्रु बनेर माथि जाने मन छ। उसलाई त त्यही फर्किनु थियो जहाँबाट जिन्दगी सुरु हुन लागेको थियो, जहाँबाट कसैले उसको जिन्दगी चोरिदिएको थियो।

पवन सम्झन्छ निभा र ऊ सँगै एउटै रिसोर्टमा काम गर्थे। घरी घरी एक अर्काका झुक्किएर आँखा जुध्थे अनि एक अर्कालाई हेरेर मुसुक्क हाँसिदिन्थे। निभा भेटेपछि पवनलाई एक्लो जीवनमा कोही भेटिएको आभास हुन लागेको थियो। उसको पनि त मौन सहमति थियो जस्तो लाग्थ्यो। उनीहरू सँगै बसेर कति पिए। ऊ पवनको काखमा कति पटक लडी तर पवन उसलाई जतन गरेर राख्थ्यो।

रकेट आकासिएको देशमा रोबोट पनि बोल्न, हाँस्न लागेको संसारमा पवन गगनभन्दा अग्लो प्रेमको कहानी निभाको अगाडि व्यक्त गर्नै सक्दैन थ्यो। डराउँथ्यो ऊ टाढा जान्छे कि भनेर या शंका गर्थ्यो आफैलाई मै लायक छैन कि भनेर।

ऊ आउँथी हाँस्दै, स्वाभाविक अपेक्षा लिएर पवन जस्ताको त्यस्तै रहेको बहाना गर्थ्यो। मनको छटपटी त यति व्यग्र थियो जुन अव्यक्त थियो।

उनीहरूको मौन सम्बन्ध जे थियो सबै ठिकै त थियो, नयाँ म्यानेजर कुमार आउनु पहिले। ऊ आएपछि न पवनको लागि काम गर्ने ठाउँ उस्तै रह्यो न ऊ उस्तै रही। कुमारमा कन्फिडेन्स नै बेग्लै थियो। विवाहित भएर पनि उसमा बोल्ने जादु थियो। एकै छिन बोल्दैमा मान्छेहरू ऊसँग लट्ठिन्थे। त्यसैले त रेस्टुरेन्टमा काम गर्ने लगभग सबै केटीहरू कुमारको क्रस बनिसकेका थिए। निभा भने यी सबैबाट आजसम्म टाढा बसेकी थिई।

विभिन्न बहाना गरेर कुमार निभासँग जोडिन खोज्थ्यो।

एक दिन कुमारले निभालाई डिनरको लागि प्रस्ताव गरेछ। उसले नाइँ पनि भनिनछ। यो कुरा पवनले सँगै काम गर्ने सुजलबाट थाहा पायो। पिएपछि ऊ बेहोस जस्तै हुन्थी। बेहोसीमा पनि पवनले पो आजसम्म जतन गरेर राखेको थियो र। के सबै उसलाई पवनले जसरी जतन गर्लान्? उसको मुटु चरक्क गर्‍यो। त्यो दिन कुमार काम विशेषले अन्तै जान परेकोले डिनर क्यान्सिल भएछ। यो पनि पवनले अरूबाटै थाहा पायो। उसले राहतको सास फेर्‍यो।

बेलाबेला कुमारले निभालाई आफ्नो क्याबिनमा बोलाइरहन्थ्यो। बाहिरबाट सुटुक्क चियाएर हेर्दा दुवै जना मस्किएर हाँसेको देखिन्थे। पवन आफूलाई थप लाचार महसुस गर्थ्यो। उसले चाहेको भए पहिले उसको बेहोसीको फाइदा उठाएर जे पनि गर्न सक्थ्यो तर उसको इज्जत कहिल्यै मासिन दिएन। किन प्रेम प्रस्ताव राखेर सधैँलाई जोडिन सकिनँ भनेर कुनै कुनै पलमा पछुतो भने मानिरहन्छ ऊ।

पवनले अब आफू यति साह्रो निर्धो नहुने अठोट गर्‍यो। ऊसँगको सम्बन्ध प्रगाढ बनाउन खोज्यो। कुमारको आगमन र ऊसँगको हिमचिमसँगै कता कता निभा पवनसँग अलि तर्किन लागेकी थिई, अरू कसैले आफूतिर ताने जसरी। मानौँ पवन, कुमार र ऊ चुम्बक हुन्; कुमार र ऊ फरक-फरक पोलका भएर पनि टाँसिन खोज्छन्, पवन र ऊ एउटै भएर पनि भाग्न। या मानौँ यो सबै पवनको कुमारप्रतिको ईर्ष्यामा निम्तिएका स्वयमलाई गलाउने स्वप्न जाल थिए।

कुमार निभालाई आफ्नो नजिक घुमाउन खोज्थ्यो। पवन र कुमारको ऊप्रतिको मायामा एउटै फरक थियो; पवन फूलरूपी उसको माली थियो जो पानी हालेर उसलाई जोगाइराख्यो, कुमार कुनै अर्को फूलमा मन भरिएर आएको भमरा थियो जो केवल त्यस फूलको रस चुस्न चाहन्थ्यो। उसले बुझी या बुझिन यो कुरा, हुन त फूललाई त्यत्रो तागत कहाँबाट होस जसले भमरा नै उडाइदिन सकोस्। ऊ चुपचाप कुमारले बोलाउनासाथ क्याबिन पुगिहाल्थी।

एक दिन पवन कुमारको क्याबिनमा जानिजानी छिर्‍यो। त्यति बेला निभा र कुमार कुरा गरिरहेका थिए।

‘निभा आई निड योर हेल्प,’ पवनले कुमारतर्फ नहेरी निभालाई बोलायो।

‘ह्वाट ननसेन्स, भित्र छिर्नभन्दा पहिले नक गर्नु पर्दैन?’ कुमार झोक्कियो।

‘सरी सर, बिजी आवर छ त्यसैले,’ पवनले ठाडै जवाफ दियो।

‘यति पनि म्यानेज गर्न नसक्नेले के काम गर्छौ? तिम्रो बारेमा विचार गर्नुपर्ने देखियो,’ कुमारको कान राता भए।

‘विचार त तपाईंले आफ्नै बारेमा गर्नुस् सर,’ यति बोलेर पवन निस्कियो।

सबै कुरा सुनिरहेकी निभा केही नबोली निस्किई।

कुमार रिसले चुर भयो र पनि सम्हाल्यो।

आजसम्म भमरा फूलमा बस्ने जमर्को गरिरहे पनि सकेको भने थिएन। भमराले यो फूलको माली पनि छ भन्ने बुझेपछि चाहिँ उसैलाई सुरुमै टोक्ने योजना बनायो।

कुमारले बुझ्यो निभाको पवनप्रतिको लगाव। सँगै बसे भने उनीहरू एक न एक दिन एक हुन्छन् भन्ने महसुस गर्‍यो। कुमार यहाँ रहुन्जेल निभा आफ्नै इशारामा नाच्ने होस् भन्ने चाहन्थ्यो। उसलाई संरचनारूपी फूलको रस चुस्न हतार भइरहेको थियो। तर जहिले उनीहरूको बिचमा पवन आउँथ्यो।

उसले रिसले भन्दा पनि कुटिल षड्यन्त्र गरेर पवनलाई यहाँबाट निकालिदिने र निभालाई उसकै अगाडि आफ्नी बनाएर देखाउने दृढ संकल्प गर्‍यो।

‘सर, पवनको पर्फमेन्स सोचे जस्तो छैन। हि इज भेरी एरोगेन्ट एन्ड अनपन्चुअल एट ओर्क। उसको विकल्प खोज्नै पर्छ।’

कुमारले जानी जानी सिइओलाई पवनको विरुद्ध मेल लेखिदियो। जबकि उक्त रेस्टुरेन्टको सबैभन्दा भरपर्दो व्यक्ती नै पवन थियो।

पवनको काम बुझेका सिइओले सो विषयमा अहिले केही नगर्ने आदेश दिए।

कुमारले पवनको विरुद्ध बोलेर मात्र नभएर अरू केही उपाय लगाउने सोच्यो।

कुमारले अब रिसोर्टलाई नयाँ प्रविधिसँग जोड्नु पर्ने, मान्छे मात्र नभएर केही रोबोटहरू पनि काममा राख्नुपर्ने प्रस्ताव रिसोर्टको सिइओ र अनरहरूमाझ पेस गर्‍यो। सिइओसहित अनरहरूलाई कुमारको प्रस्ताव मुनासिब लाग्यो। अहिले भएको रिसोर्टको रेभिन्यु नघट्ने गरी बरु मानव स्रोत कम गरेर ब्यालेन्स मिलाउन सजेस्ट गरे।

केही दिनमा नै नयाँ रोबोट कर्मचारीको रूपमा रिसोर्ट भित्रियो। उसको आगमनसँगै एक जना कर्मचारी निकाल्नु पर्ने भयो। कुमारले पवनको हातमा जागिरबाट निकालिएको पत्र थमाइदियो।

निभा अर्को लबीमा काम गरिरहेकी थिई। जसले गर्दा आज उसको भेट पवनसँग भएन। उसलाई बिदा हुने बेला कुमारले प्रमोसनको पत्र थमायो।

‘फर माई स्पेसल पर्सन, स्पेसल गिफ्ट। योर प्रमोसन।’

निभा खुसीले उफ्रिई।

धन्यवादको आशयमा कुमारलाई अँगालो हाली।

‘ट्रीट चाहिन्छ नि।’

‘ह्वाइ नट, सियोर।’

‘आज डिनर?’

‘उम् ओके,’ निभा मुसुक्क हाँसी।

कुमारको मन रसायो। ऊ धर्तीबाटै उचालियो। उसको मुखमा पानी आयो। आज नयाँ स्वादको परिकार जो निभा पस्किने वाली थिई।

साँझ वाइन दुई वटा गिलासमा भरियो। कुमार निभा पुग्नुभन्दा पहिले नै मातेर बसेको थियो। निभालाई साथ दिन वाइन पनि पिउन लाग्यो।

‘आखिर त्यो पवनलाई निकालेरै छाडेँ। अब तिमीलाई मेरो बनाउन कसैले रोक्दैन,’ कुमार बेहोसीमा बरबरायो।

निभालाई प्रमोसनको पत्र दियो रे! त्यही बेला फेरि आज डिनरको लागि प्रस्ताव राख्यो अरे! पवनले साथी सुजलबाट यो कुरा थाहा पाएपछि त हो यसरी अट्टहास भएको र बोतल रित्तिँदै गर्दा ऊ भरिएको।

उता पवनलाई कामबाट निकालिएको खबर सुनेर निभा दुखी भई। कुमारको अन्तर्मन बल्ल उसले बुझी। ऊ त आफ्नो सिनियर ठानेर रेस्पेक्ट पो दिएकी थिई। यो नियत कहाँ बुझेकी थिई र? पिउँदा पिउँदैको वाइनको ग्लास टेबलमै राखिदिई। त्यहाँबाट निस्किने र कुमारबाट छुट्टिने बहाना गराउन लागी।

उसलाई अब आफू एक्लो एक्लो हुने कुराले पिरोल्यो, आँखाभरि उसको माया र उसले गरेको हेरचाह नाच्न थाल्यो। के भयो कुन्नि एक्कासि पवनसँग भेट्न मन लाग्यो। फोन गरी तर मोबाइल स्विच अफ थियो। उसले म्यासेन्जर नियाली पवनको म्यासेज पेन्डिङ पो रहेछ। कस्तो हुस्सु ऊ, म्यासेन्जरको म्यासेज त चेक गर्नै बिर्सिएकी रहिछे।

रातिको समय भइसकेको थियो। पवन एकोहोरो सोच्छ, अहिले उसले सायद कुमारसँग डिनर गर्दै होली। केही समयमा प्रमोसन भएको खुसी पनि साटासाट गर्लान्। उसलाई सम्झिँदै औडाहा हुन्छ।

टेबलको मदिरा दुई प्याक जति बाँकी थियो। उसलाई सोच्नै मन छैन तर मन त सोचिरहन्छ, कस्तो फरक मन नभएर पनि मन हुनुमा।

‘प्लिज ओपन द डोर’ डोर बेल दुई तीन पटक एउटै स्वरमा बज्छ।

लडबडिएको खुट्टा लिएर पवन ढोकातर्फ लाग्छ।

ढोका तत्काल खुल्छ बन्द हुन्छ तर पवनका आँखा एकछिनसम्म खुल्लै रहन्छन्।

अन्तिम रहेको दुई प्याक पुनः दुई वटा गिलासमा भरिन्छन्। यो पटक पवन उसको काखमा ढल्छ। ऊ पवनको कपाल सुमसुम्याइदिने र आफ्नो मोबाइलमा आएको पवनको म्यासेज पढ्छे- ‘उड यु लाइक टु ह्याभ डिनर एट माई होम टुडे?’

निभा मुसुक्क मुस्कुराउँछे।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १८:१६
सिफारिस
नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित
नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित
विनोद चौधरीले सार्वजनिक गरे आफ्नो तीन वर्षको 'रिपोर्ट कार्ड'
विनोद चौधरीले सार्वजनिक गरे आफ्नो तीन वर्षको 'रिपोर्ट कार्ड'
पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!
पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!
दलहरूले चुनावी घोषणापत्रमा सम्बोधन गर्नुपर्ने सहकारी मुद्दा
दलहरूले चुनावी घोषणापत्रमा सम्बोधन गर्नुपर्ने सहकारी मुद्दा
एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा
एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा
नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?
नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

यस पटक मैले हालेको भोटले...
आऊ, अब मसँग पनि भोट माग!
सुन्दर मेरो देश!
मेरो देश!
अन्त्य नदेखिएको सम्बन्ध!
यो सडक कहिले बन्छ?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP