कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको समस्या सरकारले सम्बोधन गर्ने बताएका छन्।
जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्गता कर्णाली प्रदेश समितिको सोमबार आफ्नै कार्यकक्षमा ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहीले घाइतेको समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध भएर लाग्ने बताए ।
उनले गम्भीर प्रकृतिका घाइतेलाई पुनःस्थापना केन्द्र बनाएर व्यवस्थापन गरिने जनाए ।
घाइतेलाई उनीहरुको सीप, क्षमता र इच्छा अनुसारको रोजगारीको प्रबन्ध गरिनुका साथै सरकारी जागिरमा अपाङ्गता भएकाको आरक्षण सुरक्षित गरेर आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइने उनको भनाइ थियो ।
'विश्वास गर्नुस्, तपाईहरुको माग सम्बोधन हुन्छ', उनले भने।