नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वास्थ्यमा सुधार भएपछि आज डिस्चार्ज भएका छन्।
गत सोमबार दिउँसो स्वास्थ्यमा समस्या भएपछि सिंह उपचारका लागि मेडिसिटी अस्पताल भर्ना भएका थिए।
सिंहको उपचारमा डा. मिमि गिरी नेतृत्वको चिकित्सकको टोली सहभागी थियो।
घर फर्कने क्रममा सिंहले आफ्नो उपचारमाम संलग्न चिकित्सकहरूको टिम, अस्पताल व्यवस्थापन, आफ्नो स्वास्थ्यप्रति चासो राख्नु हुने स्वदेश तथा विदेशमा रहेका आफन्त, साथीभाइ, शुभचिन्तक पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिएका छन्।
केहीदिनको आरामपछि उनी पार्टीको काममा फर्कनेछन्।
‘हाइ सुगर’, उच्च ज्वरो र पिसाबमा संक्रमण देखिएपछि सिंह अस्पताल भर्ना भएका थिए।