नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा हुने भएको छ।
बिहीबार बसेको पार्टीको स्थायी कमिटीको बैठकले राष्ट्रिय सम्मेलन प्रज्ञा प्रतिष्ठान भवनमा गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
माओवादी केन्द्रको सम्मेलन पुस ११, १२ र १३ गतेसम्म हुँदैछ। अधिकतम भए पुस १५ गतेसम्म हुने महराले बताए।
उनले अहिले पार्टीमा ७ लाख ६ हजार ५ सय सदस्यता पुगेको पनि बताए। साथै कतिपय अझै आउने प्रक्रियामा रहेको बताए।
प्रदेश सम्मेलन पनि मंसिर २५ गते हुने प्रवक्ता महराले बताए।
उनका अनुसार त्यसको उद्घाटन र सम्बोधन भने दिउँसो १ बजे अनलाइनमार्फत् हुन लागेको हो।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८, ०९:२३:५५