माओवादी केन्द्रबाट निर्वाचित पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष तथा जालिम मिया नेकपा एमालेमा प्रवेश गर्ने गरेका छन्।
माओवादी केन्द्रको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बिहीबार पर्साको जगरनाथपुरमा आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।
ओलीसँगै उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरु बिहीवार पर्साको जगरनाथपुर पुगेका थिए।
ओलीले कार्यक्रममा स्थानीय माओवादी र नेपाली कांग्रेसका साथै मधेशवादी दलका नेता कार्यकर्तालाई पनि एमालेमा प्रवेश गराएका थिए।
कार्यक्रममा हजारौं स्थानीयको उपस्थिति थियो। गाउँपालिका अध्यक्ष जालिम मियाँकै अगुवाईमा ओलीलाई १५१ किलोग्रामको मालासमेत लगाइएको थियो ।