आगामी राष्ट्रिय सभा निर्वाचनका लागि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवार टुंगो लगाएको छ।
पाँच दलीय सत्तारूढ गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट पाएको छ।
समाजवादीका उम्मेदवारमा प्रदेश–१ मा जयन्ती राई (महिला) र बागमतीबाट गोमा तिमल्सिना (महिला) छन्।
यस्तै, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) छन्।
राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ।
माघ १२ गते हुने राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदैछ।
यसमा सत्तारूढ गठबन्धनले साँझा उम्मेदवार बनाउने निर्णय गरेको छ भने नेकपा (एमाले)ले १९ वटै सीटमा उम्मेदवार चयन गरेको छ।
नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पराजित भएका नेताहरूलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ।