नेकपा एमाले रौतहट जिल्ला कमिटी अध्यक्षमा त्रिभुवन साह निर्वाचित भएका छन्।
नवौं अधिवेशनबाट उपाध्यक्षमा दीपक यादव र सचिवमा बालविक्रम कार्की निर्वाचित भएका छन्।
साथै उपसचिवमा पलट चौधरी र रूपेश पटेल निर्वाचित भए।
अधिवेशनबाट १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित भएको एमाले नेता प्रभु साहले उल्लेख गरेका छन्।
तर पहिलेका जिल्ला कमिटी अध्यक्ष तुल्सीराज गिरीले भने एकलौटी रूपमा जिल्ला कमिटी घोषणा गरिएको बताएका छन्।
अधिवेशन हलले जिल्ला कमिटीलाई अनुमोदन नगरेको उनको दाबी छ।
एमालेले गत मंसिरमा महाधिवेशन गरेको थियो।
केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन गरिएका हुन्। एमालेले प्रदेश अधिवेशन गर्न बाँकी नै छ।