प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।
शनिबार संसदमा पेश भएको नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उनले जवाफ दिइरहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसदको दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन्।
त्यसपछि नीति तथा कार्यक्रममाथिको छलफल सुरू भएको थियो।