नेपाली कांग्रेसका महामन्त्री गगन थापाको संयोजनमा काठमाडौंमा ‘फिटनेस क्याम्प’ भएको छ।
थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद हुँदा खोलिएको उनको कार्यालय, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नाडा र एनवाइएफसीको संयुक्त आयोजनामा शनिबार मैतीदेवी मन्दिर परिसरमा फिटनेश क्याम्प गरिएको हो।
फिटनेश क्याम्पमा चार वटा स्टेशन राखिएका थिए। सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रले ब्लड प्रेसरलगायत परीक्षण गरेको थियो।
एनवाइएफसीले बिएमआईलगायत परीक्षण गरेको थियो। नाडाले सिट एण्ड रिच टेष्टलगायत परीक्षण गरेको थियो।
यस्तै फिटनेस खेल पनि खेलाइएको थियो। विजेतालाई उपहार पनि दिइएको थियो। यी सबै कार्यक्रमको संयोजन महामन्त्री थापाको कार्यालयबाट भएको थियो।
तस्बिरहरू: