पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का नेपाली कांग्रेस उम्मेदवार विनोद चौधरीले आफ्नो अघिल्लो तीनवर्षे कार्यकालको विस्तृत 'रिपोर्ट कार्ड' सार्वजनिक गरेका छन्।
२०७९ सालको चुनावमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयन अवस्था सहितको विवरण बुधबार सार्वजनिक गरेका हुन्।
जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई यही फागुन २१ मा हुन गइरहेको आमनिर्वाचनको सन्दर्भमा उनले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताको सार्वजनिक मूल्यांकन जनतामाझ राखेको बताएका छन्।
हालै सम्पन्न विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित चौधरीले रिपोर्ट कार्ड सार्वजनिक गर्दै मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जबाफदेही भएर उभिन तयार रहेको बताए।
'प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो। गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधून् भन्ने चाहन्छु,' उनले भने, 'जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जबाफ दिनु मेरो जिम्मेवारी हो। प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं। देश बदल्छौं भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जबाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौं। त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु।'
चौधरीका अनुसार रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपि आफ्नो सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ।
उनले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गरेका छन्।
विनोद चौधरीले जारी गरेको रिपोर्ट कार्डको पूर्ण विवरण यस्तो छ —