'ब्रिटिस लाहुरे हुँ' भनी महिलालाई बिहे गर्न आश्वासन दिएर ठगी गर्ने एक पुरूष पक्राउ परेका छन्।
बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौंले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ का ३३ वर्षीय दीपक लामा मोक्तानलाई कोटेश्वरबाट पक्राउ गरेको हो।
'ब्रिटिस लाहुरे हुँ’ भन्दै महिलाहरूलाई फेसबुकमार्फत् कुरा गर्ने र भेटेर विवाह गर्ने आश्वासन दिएर ठग्ने नटवरलाल हो,'परिसरका डिएसपी राजकुमार केसीले भने।
उनीविरूद्ध एक महिलाले उजुरी दिएपछि बिहीबार पक्राउ गरिएको हो।
प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ।
उनले धरानकी एक महिलाको सुनको सिक्री, सुनको औंठी तथा पाँच लाख रुपैयाँ लिई २ महिना अगाडि फरार भएका थिए।
प्रहरीले उनीबाट सुनको सिक्री, औंठी समेत बरामद गरेको छ।