ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक दाङबाट पक्राउ परेका छन्।
भारतको बहाराईच जिल्लाको तहसिल नानपारा घर भएका २८ वर्षीय नाइम दाङबाट ४५ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन्।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले उनलाई पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ९ को अमेलिया बजार क्षेत्रबाट सोमबार बेलुका पक्राउ गरिएको जानकारी दिए।
नाम थर वतन खोल्न नमानेका भारतीय नागरिकले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बिक्री/ वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले चेकका क्रममा उनालई पक्राउ गरेको बताए।
दाङ र बाँके जिल्लाका बीचमा प्रवेशका लागि दर्जनौ खुला सीमा नाका रहेको हुँदा छिमेकी देश भारतबाट लागुऔषध नेपाल भित्रने गरेको छ।
बाँके र जिल्ला हुँदै भित्रने लागुऔषध देशका विभिन्न जिल्लामा निर्यात हुने गरेको प्रहरीले बताएको छ।
सोमबार पक्राउ परेका भारतीय नागरिक पनि एक जना ब्राउन सुगरका मुख्य कारोबारी तथा डिलर नै रहेको तथ्य सार्वजनिक भएको एसपी काफ्लेले बताए।