काठमाडौं उपत्यकामा १८१ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४, ललितपुरमा २६ र भक्तपुरमा ११ संक्रमित छन्।
नेपालमा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
७ हजार ५९० जनाको पिसिआर परीक्षण र २३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ।
२३२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।