कर्तज्य ज्यानमुद्दामा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले रामेछाप खाँडादेवी गाउँपालिका-१ का ५९ वर्षीय ज्ञानबहादुर तामाङ र ३६ वर्षीय जयराम तामाङलाई पक्राउ गरेको हो।
दुबैलाई प्रहरीले शनिबार बिहान काभ्रे धुलिखेलबाट पक्राउ गरेको हो।
तेमाल गाउँपालिका-१ पिपलबोटका २९ वर्षीय तीर्थमान तामाङको हत्या आरोपमा फरार रहेका दुबै जनालाई प्रहरीले घटना भएको १२ वर्षपछि पक्राउ गरेको हो।
२०६६ असोज १८ गते तीर्थमानको हत्या भएको थियो। पुरानो रिसिइबीका कारण खुकुरी र तरबार प्रहार गरी उनको हत्या भएको थियो।
हत्या भएयता फरार रहेका बाबुछोरालाई काभ्रे प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।