भक्तपुरमा एक वृद्धको लडेर मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका वडा नम्बर ४ चाँगु हाल्छाप बस्ने ७४ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
बुधबार राति ८ बजे आफ्नै घर अगाडि पानी बग्ने नालीमा लडेर उनी घाइते भएका थिए।
उनको उपचारको लागि आफन्तले शंकरापुर अस्पताल जोरपाटी लगेका थिए। त्यहीँ उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको पाण्डेले बताए।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।