काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निस्कासन गरेको छ।
पुस ६ गते स्नातक तहको पहिलो वर्षको आन्तरिक परीक्षा चलिरहेको समयमा विवाद हुँदा विद्यार्थी कुवेर जेठाराले शिक्षक पुडासैनीमाथि आक्रमण गरेका थिए।
जेठारा आरआरमै दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थी थिए।
यो पनि: आरआरका विद्यार्थीले शिक्षकको टाउकोमा हान्दा कुच्चिएको जग
उनलाई निष्कासन गरेर कानुनी कारबाही पनि अगाडि बढेको क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
विद्यार्थी जेठाराले स्टिलको जगले शिक्षक पुडासैनीलाई आक्रमण गर्दा पुडासैनीको टाउकोमा सात वटा टाँका लगाइएको थियो।
हेर्नुस् विज्ञप्ति:
