सिरहामा एक पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
धनगढीमाई नगरपालिका-१४ मरान बस्ने ४० वर्षीय टेकबहादुर विकको उनकै श्रीमतीको कुटपिटबाट बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
प्रहरीले श्रीमती ३५ वर्षीया हर्कमाया विकलाई पक्राउ गरेको छ।
उनीहरूबीच गएराति आपसी विवाद एवं झगडा भएको थियो। त्यसैक्रममा हर्कमायाले टेकबहादुरमाथि दाउराको चिर्पटले टाउकोमा हिर्काएका थिए।
त्यसबाट गम्भीर घाइते भएका टेकबहादुरको उपचारको लागि आरके मेडिसिटी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शव धनगढीमाई नगरपालिका-१३ भुल्लेस्थित टेकबहादुरकै भाइ बुद्धबहादुर विकको घरमा राखिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्कमायालाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।