प्रहरीले मोरङबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनवर्सी गाउँपालिका-६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया र ३० वर्षीय कार्तिक चन्द दास रहेका छन्।
आइतबार उनीहरू सवार प्र.१-०२-०४५प ७८६९ नम्बरको मोटरसाइलबाट उनीहरूलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।
उनीहरूको साथबाट २० हजार पिस औषधी बरामद गरिएको उनले बताए। उनीहरूले ट्रामाडोल हाइड्रोक्लोड्रिड नाम गरेको औषधी ल्याइरहेका थिए।
प्रहरी चौकी इटहराको टोलीले दुबैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाएको जिसीले जानकारी दिए।
उक्त औषधी नेपालमा बिक्री वितरणमा प्रतिबन्ध रहेको जिसीले बताए।