सरकारले भोलिदेखि ललितपुरमा कोरोनाविरूद्ध बुस्टर डोज खोप दिने भएको छ।
ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाका अनुसार ललितपुरका विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागेको हो।
महानगरपालिकाले मंगलबारदेखि बिहीबारसम्म कोरोना भाइरसविरूद्धको बुस्टर खोप दिने विज्ञप्तिमा उल्लेख गरेको छ।
बुस्टर खोप अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरू, सुरक्षाकर्मी, सार्वजनिक फोहोर संकलन सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकहरू र महिला स्वास्थ्य स्वयमसेविकाहरूलाई दिन लागेको हो।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू, सार्वजनिक क्षेत्र (सरकारी कार्यलय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, सञ्चारकर्मी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक आदि) लाई लक्षित गरी बुस्टर खोप दिन लागेको हो।
बुस्टर खोप लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ।
ललितपुर महानगरमा कहाँ-कहाँ दिँदैछ बुस्टर खोप?
- सर्वाङग अस्पताल, कामदेवस्थान
- स्टार अस्पताल, सानेपा
- सुमेरू सिटी अस्पताल, पुल्चोक
- अल्का अस्पताल, खरिबोट
- निदान अस्पताल, पुल्चोक
- बिएण्डबी अस्पताल, ग्वार्को
- मेडिसिटी अस्पताल, नख्खु
- सुमेरू अस्पताल, धापाखेल
