बिजुलीको हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा एक टिपर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका- ५ धनुषा निवासी विकास तामाङ रहेको प्रहरीले जनाएको छ।
कन्चन निर्माण सेवाको टिपर चलाउने तामाङ टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा बेहोस भएका थिए।
बेहोस भएका उनको उपचारको क्रममा बिएण्डसी अस्पताल मृत्यु भएको वडा अध्यक्ष राजेन्द्र योङहाङले जानकारी दिए।
उनी कन्चन निर्माण सेवा कम्पनीको बा १ प – ७७४७ नम्बर टिपर चालक थिए।