काठमाडौंमा एक जना पुरूषको हत्या गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।
गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार वैशाख ३१ गते एक किराना पसलमा बसिरहँदा एक समूहले राईलाई गम्भीर घाइते बनाएर फरार भएको थियो।
राईको उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछाप घर भई गोकर्णेश्वर बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही बस्ने २३ वर्षीय समिर वाइबा तामाङ, २६ वर्षीय अभिसेक वाइबा तामाङ, सिन्धुपाल्चोकका २९ वर्षीय दिपेन्द्र भुजेल रकाभ्रेका २८ पर्षीय अनुराज तामाङ छन्।
उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेको छ।