भक्तपुरबाट जुवा खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार बिहान २ बजे चाँगुनारायण नगरपालिका-६ नगरकोट थैरीगाउँस्थित एक घरबाट १३ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
३७ वर्षीय मनबहादुर तामाङको आफ्नै घरमा सञ्चालन भएको न्यू गन्तव्य रेष्टुरेन्ट एन्ड होटलमा कौडा खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।
सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूबाट ८ लाख २२ हजार ६० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।