हत्या गरिएको अवस्थामा धनुषामा एक युवकको शव फेला परेको छ।
जिल्लाको हंसपुर नगरपालिका–७ बस्ने १८ वर्षीय विजय महराको शव फेला परेको प्रहरीले जनाएको छ।
सोही नगरपालिकाको वडा नम्बर ६ स्थित गहुँ खेतमा उनको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
उनका अनुसार महराको बाँया आँखाको निधारमा गोली प्रहार भएकोजस्तो देखिएको छ। उनको पिठ्युतीर दुई वटा घाउसमेत देखिएको छ।
‘हिजो साँझ साढे ६ बजेतिर घरबाट साथीसँग निस्किएका थिए। बिहान ११ बजेतीर उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए,’ डिएसपी बस्नेतले भने।
उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए।