प्रहरीले झापाबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
कागेश्वरी मनोहरा नगपालिका-९ बस्ने २५ वर्षीय राजीव रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।
बिहीबार मेचीनगर नगपालिका-६ पुरानो मेची पुलस्थित प्रहरीले शंका लागि चेक गरेको थियो।
प्रहरीले उनलाई ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयाँसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।रायमाझी भारतबाट नेपाल आउँदै थिए।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ।