काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ।
गोकर्ण नगरपालिका-६ स्थित जगडोल पार्क नजिकैको जंगलमा महिलाको शव फेला परेको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो।
‘महिलाको पहिचान भने खुल्न बाँकी छ’ उनले भने ‘अनुसन्धान टोली घटना छानबिन गर्न घटनास्थल गएको छ।’
थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक मैनालीले बताए।