सशस्त्र प्रहरीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।
बिहीबार बिहान पर्सा बिन्दवासिनी गाउँपालिका-३ सबैठवाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-५ का ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय एक नाबालक र ५५ वर्षीय रामजी ठाकुर छन्।
सशस्त्र प्रहरी बलले उनीहरूलाई ना५७प ३६२८ नम्बरको मोटरसाइकलबाट लङ रेञ्ज दुई नाले बन्दुकसहित पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको पर्सास्थित सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।