पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ नहरचोकबाट हतियारसहित तीन जना पक्राउ परेका छन्।
'लङरेन्ज' दुई नाले बन्दुक एक थान र एक थान कार्टिजसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलका अनुसार हतियारसहित तीन जनालाई बिहीबार नियन्त्रणमा लिइएको हो।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ का ४१ वर्षीय प्रेम ठाकुर, १६ वर्षीय राहुल ठाकुर र ५५ वर्षीय रामजी ठाकुरलाई पक्राउ गरिएको उनले बताए।
उनीहरू सबै एकै गाउँका हुन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो।