सशस्त्र प्रहरीले पर्साबाट मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।
भन्सार प्रज्ञापन पत्रबिनै मालसामान ढुवानी गरेको पाइएपछि प्रहरीले वीरगञ्व-१५ बाट ना३ख ६९९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय र १३ नम्बर गण मुख्यालय पर्साबाट खटिएको टोलीले शुक्रबार बिहान ५ बजे ट्रक नियन्त्रणमा लिएको थियो।
ट्रकमा २८ लाख ४२ हजार ४३२ रुपैयाँ मूल्य बराबरको इलेक्ट्रोनिक्स, मोटर पार्टस्, हार्डवेयर तथा किराना सामान थियो।
ट्रक वीरगञ्जबाट पथलैया गइरहेको थियो। नियन्त्रणमा लिइएको ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीले जनाएको छ।