रूपन्देहीको तिलोत्तमामा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार सैनामैना नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कृष्ण चन्द्र खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ३ ड्राइभर टोलमा दिउँसो साढे १ बजेतिर भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा साढे २ बजेतिर मृत्यु भएको हो।