बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन्।
यस्तै २०७१* सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो।
काठमाडौं उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन्। नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ।
ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइरहेको छ।
यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ। प्रकृति र मानव सृजित बिभिन्न हन्डर–ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तश्वीरमा कैद गर्ने कोशिस गरेका छौं।
यसैलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका बिभिन्न स्थानमा गएर तस्बिर खिचेका छन्। यी तस्बिरहरूमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृतीलाई देखाउन खोजिएको छ।
*यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ-सम्पादक।
हेर्नुहोस् तस्बिरहरूः
ललितपुरको बाँडेगाउँ
भक्तपुरको एक घरको झ्यालमा बसेकी महिला .
भक्तपुरको दरबार परिसरमा रहेको एक मन्दिरमा चित्र बनाउँदै कलाकार ।
हरिसिद्धिको फल्चामा बसेका वृद्धा ।
खोकनाका एक वृद्ध
ललितपुरको खोखना
कीर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुट्दै। नेवारी भेषभुषामा सजिएका महिला।

लुभुको परम्परागत नेवारी बस्ती।

ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ ।
ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउँदै महिलाहरू ।