प्रहरीले मकवानपुरबाट एक जना युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीका २२ वर्षीय सन्देश ब्लोन छन्।
उनलाई शनिबार बिहान लागुऔषध ट्रामा १ हजार ४० पिस, नाइट्राभेट ५ सय २५ ट्याब्लेट र कोरेक्स १० बोतलसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ।
उनको घरमा लागुऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट हरियाली र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटिएको थियो।
तलासी लिँदा लागुऔषध फेला परेपछि पक्राउ गरी हिरासत लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।