दाङमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का ८ वर्षीय योगेश बस्नतेको उपचारका लागि छिमेकी देश भारतको लखनऊतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार यूपी–४२– बिटी–२४०१ नम्बरको बल्कर गाडीले शनिबार बेलुकीपख तुलसीपुर– १७ मज्गैंमा ठक्कर दिएको थियो।
स्थानीय दिपु बस्नेतका छोरा योगेशलाई तुलसीपुरको सिटी हस्पिटलपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो।
त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि लखनउ लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिए।