सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका-२ का ८ वर्षीय देवराज यादव रहेका छन्।
मामाघर राजगढ गाउँपालिका-४ मा गएका उनको स्थानीय पोखरीमा नुहाउने डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पोखरीबाट उद्धार गरेर गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।