कञ्चनपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।
दोधारा चाँदनी नगरपालिका–१० की ४५ वर्षीया बालदेवी खड्काको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार घरकाे आँगनमा पानी तान्ने मोटर चलाउँदा उनलाई करेन्ट लागेको थियाे।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।