युइएफए युरोपा लिग अन्तरगतको प्रि-क्वाटरफाइनल खेलको पहिलो लेगमा इङ्लिश क्लब म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित निकालेको छ।
लिग अन्तरगत बिहीबार भएको खेलमा युनाइटेडले अष्ट्रियन क्लब लास्क विरूद्ध ५-० को प्रभावशाली जित हात पारेको हो।
जित निकाल्ने क्रममा म्यानचेस्टर युनाइटेडले पहिलो अग्रता खेलको २८ औं मिनेटमा ओडिन इघलो गोलमा लिएको थियो।
त्यसपछिका चार गोल भने उसले खेलको दोश्रो हाफमा गर्यो।
टोलीलाई ५-० को जित दिलाउने क्रममा इघलोका अलावा ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले एक-एक गोल गरे।
यसक्रममा जेम्सले खेलको ५८ औं मिनेटमा दोश्रो गोल गरे भने माटाले ८२ औं मिनेटमा तेश्रो गोल गरे।
यसैगरी ग्रिनउडले अतिरिक्त समयको पहिलो मिनेटमा टोलीका लागि चौथो गोल गर्दा परेराले अतिरिक्त समयको तेश्रो मिनेटमा टोलीको पाँचौ गोल गरे।