'इटालियन सिरि ए' मा साविक विजेता युभेन्ट्सले जित हात पारेको छ। सोमबार राति भएको खेलमा युभेन्ट्सले पुछारको क्रोटोनलाई ३-० गोलले पराजित गर्यो।
युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।
उनले ३८ मिनेटमा पहिलो गोल गरे। लोबो सिल्भाले दिएको पासमा रोनाल्डोले हेडमार्फत गोल गरेका हुन्।
पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले अग्रता दोब्बर पारे। उनले रामसेको पासमा हेडमार्फत नै दोस्रो गोल गरेका थिए।
युभेन्ट्सका लागि क्याककिनले ६६ मिनेटमा तेस्रो गोल गरे।
जारी सिजनमा रोनाल्डोले १८ लिग गोल गरिसकेका छन्।
लिगमा युभेन्ट्स तेस्रो स्थानमा उक्लिएको छ। उसले २२ खेलबाट ४५ अंक छ।
शीर्ष स्थानको इन्टर मिलानको २३ खेलबाट ५३ अंक छ। दोस्रो स्थानको एसी मिलानले २३ खेलबाट ४९ अंक जोडेको छ।