'इटालियन सिरि ए' मा युभेन्ट्सले अर्को हार बेहोरेको छ।
शनिबार राति भएको खेलमा युभेन्ट्सलाई उसैको मैदानमा एटलान्टाले १-० गोलले पराजित गर्यो।
युभेन्ट्सलाई घरेलु मैदानमा स्तब्ध पार्ने क्रममा जापाटाले गरेको गोल निर्णायक बन्यो। उनले खेलको २८ मिनेटमा गोल गरेका थिए।
सिजनमा युभेन्ट्स पाँचौ खेलमा पराजित भएको हो।
१४ खेलमा ६ खेलमा जित र ३ खेलमा बराबरी खेलेको युभेन्ट्स २१ अंक जोड्दै अंक तालिकामा आठौं स्थानमा छ।
युभेन्ट्सले १४ खेलमा १८ गोल मात्र गर्न सकेको छ। जुन जारी सिजनको लिगमा शीर्ष १० स्थानमा रहेका क्लब मध्येको सबैभन्दा कम गोल हो।
अघिल्लो साता युभेन्ट्सलाई च्याम्पियन्स लिगको खेलमा इंग्लिस क्लब चेल्सीले ४-० ले हराएको थियो।
यता आठ खेलमा अपराजित एटलान्टाले युभेन्ट्सलाई उसको मैदानमा सन् १९८९ पछि हराएको हो।